गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
sita kumari paudel

प्रदेश प्रमुख सीताकुमारी पाैडेल

पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

सरकारले हालसम्म गरेका कामका लागि धन्यवाद दिँदै उनले अर्को सरकार गठन नहुँदासम्म मौजुदा सरकारले नै काम चलाउन समेत आग्रह गरेकी छन् ।

आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई ३ दिन भित्र आह्वान गरेकी हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width