गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
Gandaki cm ps gurung (3)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

उनले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिएका हुन् । उनकाे राजीनामा स्वीकृत भइसकेकाे प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले जानकारी दिए ।

भोलि सोमबार प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसूची छ ।

अविश्वासको प्रस्तावपछि पद जानेभएपछि उनले अघिल्लो दिनै राजीनामा बुझाएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width