प्रदर्शनी केन्द्रको डोमलाई आइसोलेसन सेन्टर बनाउन पोउवा संघको आग्रह

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
pcci

पोखरा ।  पोखरा उद्योग वाणिज्य संघले पोखरा–९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आफ्नो व्यवस्थापनमा रहेको ‘डोम’लाई आइसोलेसन केन्द्रको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको छ ।

संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कास्कीको बढ्दो संक्रमण र अस्पतालमा बेडको अभाव हुन थालेकाले सामाजिक उत्तरदायित्वअन्तर्गत संघले सो निर्णय गरेको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।

‘आवश्यक परे प्रदर्शनी केन्द्रमा रहेको डोमको समुचित उपयोग गरी सो ठाउँलाई आइसोलेसन केन्द्र बनाउन हामी प्रदेश सरकार, पोखरा महानगर तथा स्थानीय प्रशासनसँग अनुरोध गर्दछौँ’, संघको निर्णयमा भनिएको छ,‘संकटको यो घडीमा नागरिकको ज्यान जोगाउने दायित्वप्रति संवेदनशील हुन हामी सरोकारवाला निकायहरुसँग अनुरोध गर्दछौँ ।’पोखरा महानगरको स्वास्थ्य महाशाखाले सोमबार,बिहीबार र शुक्रबार सो प्रदर्शनी केन्द्रमा नागरिकहरुको निःशुल्क स्वाब संकलन र परीक्षण कार्य गरिरहेको छ ।

यसैगरी संघले निषेधाज्ञाका कारण उद्योग/व्यवसाय बन्द भएको स्मरण गराउँदै संकटको यो घडीमा कर्जाको ब्याज मिनाहा गर्न, कर्जाको पुनःतालिकीकरण गर्न तथा थप दण्ड र जरिवाना नलाउने व्यवस्थाको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्न नेपाल राष्ट्र बैंकसँग अनुरोध पनि गरेको छ ।

यता संघले ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियानअन्तर्गतको हेल्लो डाक्टर अभियानबाट फाइदा लिन उद्योगी÷व्यवसायी तथा आम नागरिकसँग अनुरोध गरेको छ । कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरुलाई लक्षित गरी यो अभियान सुरु गरिएको हो । हेल्लो डाक्टरमार्फत् परामर्श सेवा दिइने यो अभियानमा भाइवरमार्फत् कोभिड संक्रमित विरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिइने छ ।

महासंघले पठाएको पत्रको हवाला दिँदै पोउवा संघले गरेको अनुरोध अनुसार यो सेवा लिनको लागि हाम्रा सदस्य महानुभाव तथा आम नागरिकले बिहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि ११११२११११ भाइबर नम्बरमा म्यासेज गरी नाम दर्ता गराउनु पर्नेछ । सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय विरामीलाई पठाइने छ भने त्यसपछि डाक्टरहरूले भिडियो कल मार्फत् विरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिनुहुनेछ । म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्ने र यो सेवा निःशुल्क हुने पनि पोउवा संघका महासचिव विजुक्छेले जानकारी दिनुभयो । संघको पदाधिकारी बैठकले संकटको यो घडीमा संयमित बन्न तथा आफू सुरक्षित रहँदै व्यवसाय गर्न आफ्ना सदस्य प्रतिष्ठान तथा आम नागरिकसँग अनुरोध पनि गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width