अन्योलको भुमरीमा गण्डकीको राजनीति, आउला त मुख्यमन्त्रीको राजीनामा ?

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
Gandaki

पोखरा । गण्डकी प्रदेश सरकार विरुद्ध दर्ता भएको अविश्वास प्रश्तावमाथी सोमबार संसदमा मतदान हुँदै छ । त्यसका लागि कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तयार गरिसकेकाे छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित प्रदेशसभाका ६ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सांसदहरुले मतदान गर्नका लागि कसरी व्यवस्थापन गर्ने भन्ने छलफल समेत भइसकेकाे छ ।

सत्तारुढ नेकपा एमालेले पिसिआर परीक्षणको माग गर्दै विशेष अधिवेसनको बैठक रोकिएपछि पिसिआर गरेर बैठक सन्चालन गरिएको थियो । सांसदमा कोरोना संक्रमण देखिएपनि बैठक सन्चालन गर्ने र उनीहरुले समेत मतदान गर्न पाउने सहमति भैसकेको छ ।

सोमबारको बैठकमा संक्रमित सांसदहरु बैठक स्थलमा उपस्थित हुन पाउँदैनन् । मतदान भने गर्न पाउँछन् ।

सचिवालयका अनुसार संक्रमितहरुलाई  छुट्टै काेठामा राख्ने तयारी छ । उनीहरुले बैठक चलिरहेका बेला उक्त काेठामा जान पाउने छैनन् ।

उनीहरुले मतदान समेत सोही ठाउँमा गर्न मिल्ने गरी व्यवस्थापन हुँदै छ ।

मतदानको दिन नजिकिँदै गर्दा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ कसरी अगाडि बढ्ने भन्ने अन्तिम तयारीमा जुटेका छन् ।

संक्रमित भएर होम आइसोलेसनमा बसिरहेका उनले कानुनी र राजनीतिक जानकारहरुसँग परामर्श लिइरहेका छन् ।

केहीले संसद फेस गर्न सुझाएका छन् भने कसैले राजीनामा दिएर अधिवेशन अन्त्य गरिदिन सुझाव दिएका छन् ।

ठ्याक्कै के गर्ने भन्ने टुंगो लागेको छैन । श्रोतका अनुसार मुख्यमन्त्री राजीनामा दिने सुरमा देखिन्छन् । राजीनामा दिए भने अविश्वास प्रश्ताव स्वतः खारेज हुन्छ र नयाँ सरकार गठनको बाटो खुल्छ ।

संविधानको धारा १६८ मा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । एउटै दलको बहुमत नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरिनेछ ।

यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ र विश्वासको मत लिन नसके सबैभन्दा बढी सदस्य रहेको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गगर्ने छ ।

उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । उनले पनि विश्वासको मत लिन नसके मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी ६ महिनाभित्र चुनावको मिति घोषणा गर्नेछन् ।

अहिले मुख्यमन्त्रीले राजीनामा दिए पृथ्वीसुब्बा गुरुङले नै बहुमत पु¥याएर मुख्यमन्त्री दावी गर्न सक्नेछन् । अरु दलले पनि बहुमत पु¥याएर मुख्यमन्त्रीमा दावा गर्न पाउने छन् । जे होस्, अविश्वास प्रश्तावको च्याप्टर तत्कालका लागि बन्द हुने छ

Related News

सम्बन्धित समाचार

  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…
  • गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सपना प्रधान…

hero news full width