माधव रेग्मी लोकसेवा अध्यक्षमा सिफारिस

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
madhav regmi

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास मत नदिने भन्दै विज्ञप्ति नै जारी गरे । तर पनि प्रधानमन्त्री र उनीबीच केही न केही सम्बन्ध कायमै छ ।

केही दिन अघि सरकारले राजदूत फिर्ता गर्दा देउवाकी सासु उक्त सूचीमा परिनन् । माओवादी कोटाबाट नियुक्त भएका अस्ट्रेलियका राजदूत मात्र फिर्ता फिर्ता बोलाइए ।
अहिले संवैधानिक परिषदको बैठमा पनि उनी सहभागी भएनन् । तर पनि उनका कोटाका भनिएका व्यक्ति सिफारिसमा परेका छन् ।

लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । देउवाको कोटाबाट सिफारिसमा परेका भनिएका उनी सर्वोच्चका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन्

। कुमार रेग्मीकै इजलासले फागुन २३ गते नेकपा नाममाथि परेको मुद्दाको फैसला सुनाउँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् अवस्थामा फर्काउने फैसला गरेको थियो ।

आजको बैठकले अरु रिक्त निकायमा पनि पदाधिकारी सिफारिस गरेको छ । उनीहरुको नाम सार्वजनिक गरिएको छैन । बैठकमा सभामुख र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति भने अनुपस्थित थिए ।

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारी संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width