संवैधानिक परिषद बैठक सकियो, आयोगहरुमा सिफारिस नाम लिपीबद्ध हुन बाँकी

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
sambaidhanik-parisad

पोखरा । संवैधानिक परिषदको बैठक  बालुवाटारमा सकिएको छ । प्रधानमन्त्रीकाे अध्यक्षतामा बसेकाे प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्षमात्र सहभागी बैठकले लोकसेवा आयोग लगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ ।

बैठकमा नामहरुबारे छलफल भए पनि सबै निर्णय लिपिबद्ध हुन भने बाँकी छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको समेत कोटाबाट केही सदस्य सिफारिसमा परको बालुवाटार स्रोतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width