गण्डकी प्रदेशका मन्त्री रामशरण बस्नेतलाई पितृ शाेक

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
lila bahadur

पोखरा । गण्डकी प्रदेश भाैतिक पूर्वाधार विकास र आन्तरिक मामिला तथा कानुन मन्त्री रामशरण बस्नेतलाई पितृशाेक परेको छ ।

उनका पिता लिलाबहादुर बस्नेतको ८१ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए । ब्रेन स्ट्राेकका कारण उनको गाेरखास्थित घरमै निधन भएको परिवारले जनाएको छ ।

उनी प्रेसरका समेत बिरामी थिए ।

लिलाबहादुरकी पत्नी, ३ छाेरा र १ छाेरी छन् । रामशरण जेठा छाेरा हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width