लोमान्थाङमा अहिले पनि राजसंस्था जीवित छ । औपचारिक घोषणा नभए पनि पूर्व राजकुमारले राजकाजको जिम्मा सम्हाल्दै आएका छन् । विशेषतः यार्तुङ, तिजी लगायत पर्वमा राजाको महत्व बढी हुन्छ । त्यसबाहेक न्याय सम्पादन र महत्वपूर्ण भेटघाटमा राजसंस्था अनिवार्य छ । पहिलेजस्तो राजगद्धीमा बसेर शासन चलाउँदैनन् । जनता र आफ्नो अधिकार क्षेत्रको रेखदेख राजासरह नै गर्छन्, राजकुमार जिग्मे सिंगी परवल विष्ट । जिग्मे परवल विष्टको निधनपछि दरबारमा पुरानो चहलपहल छैन तर लोमान्थाङवासी राजकुमारलाई राजा मान्छन् । लोमान्थाङको राजसंस्था नेपालको पुरानोमध्ये पर्छ । करिब ७ सय वर्ष पहिलेदेखि यहाँ राजकाज चल्न थालेको हो । छुट्टै भूगोल, छुट्टै परिवेश । फरक भाषा, फरक संस्कृति । त्यतिमात्र होइन, लोमान्थाङसँग धेरै पुराना र महत्वपूर्ण पहिचान छ ।
लोमान्थाङका दोस्रो राजा आङग्युन साङवोले दरबारलाई गाउँ नजिक ल्याए । त्यतिबेला भवन बनाउन थालियो । आवश्यक सबै संरचना सुरु भयो । लेमान्थाङवासी बुद्ध धर्म मान्छन् । त्यसैले राजाले बुद्ध धर्मको मुख्य ग्रन्थ पनि बनाउन लगाए । कंग्युर र तिंग्युरका पुस्तक हातैले लेख्न लगाए । त्यो पनि शुद्ध नेपाली कागजमा सुन र चाँदी जोडेर । बुद्ध धर्मको ग्रन्थ राखिएको लोमान्थाङ दरबारभित्र पुस्तकालय नै छ । तेस्रो राजा टासी ग्युनले यो पुस्तकालय पूरा गराए । ‘५–६ पाना जोडेर एउटा पेज बनाइएको छ । त्यसमाथि सुन र चाँदीले अक्षर कोरिएको छ,’ त्यहाँबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद इन्द्रधारा विष्टले भने, ‘६ सय वर्ष पुरानो यो पुस्तकालय अहिले पनि गुमनाम छ । राज्यलाई धेरै पटक भन्यौं, खासै चासो गरेन ।’ कहिलेकाहीँ अनुसन्धानका लागि आएका र उच्च व्यक्तिले अनुरोध गरे भने राजाको अनुमति लिएर देखाइन्छ । सबै पुस्तक र्याकभित्र थन्क्याएर राखिएको छ । ‘अनुसन्धान गर्नेले रिक्वेस्ट गरे देखाउँछौं । त्यो पनि राजा भएको बेलामा मात्रै,’ उनले भने, ‘धेरैले हेर्न पाएका छैनन् । राज्यले संरक्षण गरेर विश्वमा प्रचार गर्न सके यहि हेर्न पनि धेरै मान्छे नेपाल आउँछन् ।’
६ सय वर्षदेखि पुरानो पुस्तकालय, जहाँ सुन र चाँदीले कुँदिएका किताब छन्
तिब्बतमा रहेको शाक्य गुम्बाको पुस्तकालयलाई महँगोमध्येकै पुस्तकालय मानिन्छ । यहाँ धेरै पर्यटक पनि पुग्छन् । त्यहि हाराहारीमा नभए पनि लेमान्थाङ अनुसन्धान गर्नेहरुको लागि महत्वपूर्ण गन्तव्य बन्ने दरबारका आम्ची घ्याच्चो विष्ट बताउँछन् । ‘पुस्तक कंग्युर नामको घर नै छ । हातले लेखिएका पुस्तक दराजभित्र सुरक्षित छन्,’ उनले भने, ‘यसलाई अलि व्यवस्थापन मिलाएर सबैका लागि खुला गरौं भनेको हो । सरकारले अपनत्व लिएको छैन ।’ कंग्युरमा १ सय १ वटा तंग्युरमा २ सय ३१ पुस्तक हुन्छ । ‘एउटै पुस्तकमा ३ सय देखि ५ सयसम्म पेज हुन्छन् । सबै पुस्तकका अक्षर सुन र चाँदीले कुँदिएका छन्,’ उनले भने, ‘चिसो ठाउँ भएकोले कीरा, धमिराको डर छैन ।’
आम्ची तेन्जिङ साङबोका अनुसार महँगो पुस्तक बनाउँदा लामो समयसम्म सुरक्षित हुने भएकोले सुन चाँदीले लेखेको बताउँछन् । ‘सस्तो बनाएको भए त्यो सुरक्षित हुने थिएन । महँगो बनाएको भएर अहिलेसम्म रह्यो,’ उनले भने, ‘पुर्खाहरुले त्यही बुझेर सुनले लेख्नुभयो । त्यसमा उबेलाका धनी मान्छेहरुको पनि योगदान छ ।’ बुद्ध नेपालमै जन्मिए पनि नेपालकै भूमि लोमान्थाङमा भारत र तिब्बतबाट यो धर्मको प्रचार पुग्यो । अहिले पनि उनीहरु लुम्बिनीभन्दा बढी तिब्बतसँग नजिक छन् । ‘मुस्ताङको वास्तविक धर्म संस्कार सबै तिब्बतसँग मिल्छ । लवाइखवाइ मिल्छ । विहेवारी समेत उतै हुने भएकोले लुम्बिनीबाट भन्दा तिब्बतबाट बढी प्रचार भयो,’ आम्ची भन्छन्, ‘हाम्रोमा अहिले पनि उतैको प्रभाव बढी छ । तर राजनीतिक रुपमा कुनै सम्बन्ध छैन ।’
लोमान्थाङ जस्तै नजिकैको चराङ दरबारमा पनि यस्तै पुस्तकालय छ । बुद्ध धर्मावलम्बी अति आवश्यक परेमात्रै यसलाई खोलेर हेर्छन् । नत्र पछि अनुवाद भएका कागजका पुस्तक पल्टाएर धर्मकर्म चलाउँछन् । अहिले लुकाएर राखिएको पुस्तकालय खोलेर पर्यटनसँग जोड्न सके नयाँ गन्तव्यको रुपमा विकास गर्न सकिने जानकार बताउँछन् ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१