डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुखको काठमाडाैंमा मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७८
om bahadur buda

सुर्खेत ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको छ।

आज नर्भिक अस्पताल काठमाडौँमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरीले बताए ।

‘नगरप्रमुखको निधन भएको खबर सत्य हो तर के कारणले निधन भयो भन्ने पुष्टि भएको छैन’ उनले भने, ‘उहाँ लामो समयदेखि सुगर र प्रेसरको बिरामी हुनुहुन्थ्यो।’

उनी उपचारकै लागि गत चैतमा काठमाडौँ गएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width