काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा लिने विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको आज बसेको बैठकले प्रतिनिधिसभाको यही वैशाख २७ गतेको बैठकमा हुने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।
बैठकले अन्य दललाई समेत विश्वासको मतका विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन पहल गर्ने गत चैत २१ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयलाई अनुमोदन गरेको छ । बैठकले सरकारले हालै जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्मविपरीत भएको ठहर गर्दै सोको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने र अन्य सदस्यलाई पनि सहभागी नहुन आग्रह गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारलाई प्रभावकारी काम गर्न तथा यथाशीघ्र कोभिड–१९ विरुद्धको खोप ल्याई सबै जनतासमक्ष सहज रुपमा पु¥याउन आग्रह गर्ने निर्णयसमेत गरेको छ । संसदीय दलको बैठकले कोभिडविरुद्धको खोप उत्पादन गर्ने देशलाई नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्ने निर्णयसमेत गरेको छ । रासस
Related News
सम्बन्धित समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१