असिनाले बालीमा क्षति

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७८
aasina photo

हेमजा । शनिबार दिउँसो परेको असिना पानीले माछापुच्छे« गाउँपालिका–७, धम्पुसमा ठूलो क्षति पु¥याएको छ ।

बढ्दै गरेका मकै, घिरौला, काक्रो, सिमी, फर्सी, खुर्सानी, गोलभेंडा लगायतका झालपात र कोदोको बीउमा समेत असिनाले क्षति पु¥याएको स्थानीय रामचन्द्र भण्डारीले जानकारी दिए ।
उक्त वडाको लखने, ढाँडा, देउराली, झग्रे लगायत अन्नपूर्ण गाउँपालिकाका केही स्थानमा समेत असिना परेको हो ।

असिनाकै कारण धम्पुसमा मात्रै करिव बीस लाखको क्षति भएको वडाध्यक्ष समबहादुर गुरुङले बताए । उक्त स्थानमा दिउँसो साढे १ बजेपछि करिव १ घण्टा बाक्लो असिना परेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width