९ दिनमै कोरानामुक्त भए सांसद शाही

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७८
khim-bikram-shahi

सांसद खिमविक्रम शाही । फाइल फाेटाे

पोखरा । गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुने दिन एकाएक बिरामी परेका गण्डकी प्रदेश सभा सदस्य राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही कोरोनामुक्त भएका छन् ।

सांसद शाहीको रिपोर्ट शुक्रबार नेगेटिभ आएका उनको सचिवालयले जनाएको छ ।

वैशाख १५ गते सांसद शाहीमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएको नवौं दिनमा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

४ रात चरक अस्पतालमा बसेका उनी १९ गतेबाट होटेलमा सरेका थिए । उनी आइतबार डेरामा जानेछन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुन दिन सांसद शाही बेपत्ता भएको भन्दै उनकै दलकी सचेतक पियारी थापाले संसद सचिवालयमा पत्र दर्ता गराएकी थिइन् ।

उनकै पत्रका आधारमा विशेष अधिवेशनको बैठक स्थगित भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width