बागलुङ । बागलुङका एक संक्रमितलाई थप उपचारका लागि पोखरा पु¥याईएको छ । बागलुङ नगरपालिका वडा नं. ४ का ४१ वर्षिय पुरुषलाई परिवारको पहलमा हेलिकप्टरमार्फत पोखरा लगिएको हो ।
स्वासप्रस्वासमा समस्या भई धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा शुक्रबार भर्ना भएका उनलाई शनिबार थप समस्या भएपछि प्रभु एयरको हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको परिवारले जनाएको छ ।
‘हामीले भर्ना गरेर उपचार गरिरहेकै थियौं, परिवारले पोखरा लैजाने तयारी गरिसक्नुभएको रहेछ’ अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले भने ‘उहाँको स्वासप्रस्वासमा समस्या थियो, त्यति जटिल नहुन पनि सक्थ्यो ।’
अक्सिजन पाउन कठिन हुने अवस्थाको आँकलन गरेर परिवारले पोखरा लगेको भएपनि ती बिरामीको लागि अक्सिजनको प्रबन्ध भएको बिकले बताए ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१