प्रहरीको सक्रियतामा शनिबार पोखरामा संकलन गरिएका अक्सिजन सिलिन्डर । वर्कसप र मोटर ग्यारेजहरुबाट सिलिन्डर संकलन गरी ग्यास कम्पनीलाई बुझाइएको छ । तस्बिर: आदर्श समाज
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १ सय ८७ वटा अक्सिजन ग्यास सिलिण्डर पोखराका दुई ग्यास कम्पनीलाई हस्तान्तरण गरेको छ ।
शुक्रबार र शनिबार पोखराको विभिन्न स्थानबाट संकलन गरेको ग्यास सिलिण्डर पोखरा अक्सिजन ग्यास प्रालि र कालिगण्डकी अक्सिजन ग्यास प्रालिलाई दिएको हो ।
पोखराको विभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुमा रहेका सिलिण्डर जिल्ला प्रहरी कार्यालयले संकलन गरेको हो ।
कोरोना महामारीको समयमा हाल प्रयोगमा नभएको उक्त सिलिण्डर हस्तान्तरण गरेको प्रहरी उपरीक्षक एवं कास्की प्रहरी प्रमुख जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
संकलित सिलिण्डर पछि सोही धनीलाई नै फिर्ता गरिने प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
उक्त सिलिण्डर ग्यास कम्पनीले कोरोना संक्रमित रहेका विभिन्न अस्पतालमा पु¥याइने छ । जिल्ला प्रहरी कार्यालयले कम्पनी तथा व्यक्तिहरुसँग भएको अक्सिजन ग्यास सिलिण्डरहरु कम्पनीलाई उपलव्ध गराई सहयोग गरिदिनुहुन अनुरोध समेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१