बागलुङ । धवलागिरि अस्पतालको आइसोलेसन कक्ष कोरोना सङक्रमितले भरिएको छ । अस्पताल भर्ना भएका २५ सङ्क्रमितमध्ये दुई जना सघन उपचार कक्ष (आईसियू) मा उपचाररत छन् । बाँकीले अक्सिजनको सहायतामा उपचार सेवा लिइरहेका छन् ।
कोरोनाका बिरामी दैनिक थपिँदै जाँदा अस्पतालमा शय्या र अक्सिजनको अभाव हुन थालेको छ । चिकित्सकीय सेवा पनि न्यून जनशक्तिका भरमा छ । तत्काल शय्या नथप्ने हो भने नयाँ आउने बिरामीले उपचारै नपाउने स्थिति छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले भन्नुभयो, “शय्यासँगै अक्सिजनको पनि अभाव छ, यसरी नै सङ्क्रमित बढेमा अवस्था चिन्ताजनक हुने देखिन्छ ।” उहाँका अनुसार पछिल्लो समय भर्ना भएका अधिकांश बिरामीलाई उच्च मात्रामा अक्सिजन दिनुपर्ने अवस्था छ ।
“अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट दैनिक ३५ देखि ४० सिलिण्डरसम्म अक्सिजन व्यवस्थापन भएपनि त्यो अपुग छ”, मेसु पाखरेलले भन्नुभयो, “चौबीसै घण्टा सङ्क्रमितलाई हाइ फ्लो अक्सिजन दिएर उपचार गरिरहुनपर्छ ।” अस्पतालको प्लान्टले नधानेपछि अक्सिजन भर्न सिलिण्डर पोखरा पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सङ्क्रमितलाई अक्सिजन दिन सिलिण्डरकोसमेत अभाव देखिएको छ । श्वासप्रस्वासको समस्या लिएर आउने सङ्क्रमित बढेसँगै अक्सिजन अपुग हुन थालेको हो । अस्पतालले यथाशक्य चाँडो पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा सघाउन गण्डकी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग माग गरेको छ ।
अघिल्लो वर्ष आइसोलेसन कक्षमा ५० शय्या पु¥याउने भनिएपनि त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन । “अस्पताल भवनको सि ब्लक निर्माणमा ढिलाइ हुँदा पनि समस्या भएको छ, आइसोसेलन क्षमता बढाउन अन्यत्र संरचना नै छैन”, मेसु पोखरेलले भन्नुभयो । अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीकोसमेत कमी छ ।
दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृत र दश नर्स दिनरात नभनी उपचारमा खटिएका छन् । गम्भीर लक्षणसहित अस्पताल आउने सङ्क्रमितको सङ्ख्या बढेसँगै तत्काल शैय्या, अक्सिजनलगायतका स्वास्थ्य उपकरण र सेवा थप्नुपर्ने आवश्यकता देखिन्छ । अस्पतालमा जम्मा तीन शय्याको सघन उपचार कक्ष ९आईसियू० र दुई वटा भेन्टिलेटर छन् ।
स्थानीय तहमा भएका कोभिड अस्पतालमा सामान्य अवस्थाका सङ्क्रमितलाई मात्र राख्ने गरिएको छ । जटिल अवस्थाको बिरामीलाई सदरमुकामस्थित धवलागिरि अस्पतालमै ल्याउनुपर्ने बाध्यता छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लामा हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय नाघेको छ । कोरोनाका कारण जिल्लाका १४ जनाले ज्यान गुमाएको कार्यालयका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरले जानकारी दिनुभयो । बिहीबार मात्र धवलागिरि अस्पतालमा दुई सङ्क्रमितको मृत्यु भएको थियो । पछिल्ला दिनमा जिल्लामा कोरोना सङ्क्रमण तीव्र बनेको छ । आजै थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण बढ्दै गएपछि आजैदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा पालनामा स्थानीय प्रशासनले कडाइ गरेको छ । स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीका कामलाई अघि बढाएका छन् ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१