चितवन । जिल्लमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडीकल कलेजमा २२, पुरानो मेडीकल कलेजमा १९, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन् । यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना सङ्क्रमित भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले अइसोलेसनमा रहेका छन् । उनीहरु मध्ये कतिपय सन्चो भएर घर फर्की सकेका छन् । कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुखसमेतलाई सङ्क्रमण देखिएको छ । जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा सङ्क्रमण देखिएको छ जस मध्ये १७ जनाको मृत्यु भई सकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा हाल औसत दैनिक सात जना सङक्रमितको मृत्यु भएको छ । ती मध्ये अधिकांश बाहिरि जिल्लाका छन् ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१