कोरोना संक्रमितलार्ई आयुर्वेद ओैषधी

भवानी अधिकारी
वैशाख २५, २०७८
ayourvedic

स्याङ्जा । अर्जुनचौपारी गाउपालिकाको स्वास्थ्य शाखाको सहयोगमा पुतलीबजार नगरपालिका १३ स्थित बडहरे गाउँका कोरोना संक्रमितलार्ई आयुर्वेदिक ओैषधी उपलब्ध गराएको छ ।

कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका ८ जना संक्रमितलाई अश्वगन्धा चूर्ण, च्वावनप्रास लगायतका आयुर्वेदिक ओैषधी उपलब्ध गराएको वडाध्यक्ष ख्यामनारायण अधिकारीले जानकारी गराए ।

वडाध्यक्ष अधिकारीका अनुसार, ‘संक्रमित भई घरमा बसेका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउन यस्ता खालका ओैषधी लाभदायक मानिएकाले घरघरमै पुगेर प्रदान गरेका हौं ।’

वडाध्यक्ष अधिकारीसहित अर्जुनचौपारी स्वास्थ्य शाखा प्रमुख ईश्वर केसी, आयुर्वेद प्रमुख ललित थापासहितको टोलीले संक्रमितका घर घरमा पुगेर एकाघरका सदस्य मार्फत् औषधी प्रदान गरेको हो ।

संक्रमितका लागि प्रमाणीकरण गरिएका आर्युर्वेदिक औषधी उपयोगी र फाइदाजनक हुने आयुर्वेद प्रमुख थापाको भनाइ छ । अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार १३ सीमा क्षेत्र हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width