लकडाउनले २ सय पर्यटक थुनिए

प्रकाश ढकाल
वैशाख २५, २०७८
fewa lake flood

पोखरा  । दोस्रो लहरको कोरोना त्रासबाट जोगिन सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण पोखरा र आसपासका पर्यटकीय क्षेत्रमा २ सय हाराहारी पर्यटक अड्किएका छन् । पहिलो लहर सकिएपछि नेपालमा विदेशी पर्यटकको बिस्तारै आगमन सुरु भएको थियो । उनीहरु पोखरा र आसपासमा निर्धक्क साथ डुलिरहेका थिए । अहिले कोभिडले छपक्कै छोप्यो । सरकारले निषेधाज्ञा जारी गर्‍यो । घुम्न आएका २ सय हाराहारी पर्यटक रोकिएका हुन् । अहिले उनीहरु बसिरहेको होटलमा छन् । केही होमस्टे तथा कोही पदमार्गमा पनि छन् । पोखरा पर्यटन परिषद् उनीहरुको उद्धार र राहतका लागि हाई अलर्टमा छ ।

‘ठ्याक्कै कति छन् भन्ने रेकर्ड छैन । सबै स्रोतबाट २ सय हाराहारी पर्यटक छन् भन्ने आएको छ,’ परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले भने, ‘अहिलेसम्म रेस्क्युका लागि कसैले आग्रह गरेका छैनन् । तर कोही अप्ठेरोमा पर्‍यो भने हामी तयार छौं ।’

‘ट्रेकिङमा निस्किएका ५० भन्दा बढी पर्यटक छन् । उनीहरु अन्नपूर्ण रुटका विभिन्न होटलमा सुरक्षित बसिरहेका छन्,’ भट्टराईले भने, ‘पहिलेको लकडाउन पछि उनीहरु यहाँ आउन थालिसकेका थिए । व्यवसायीहरु उत्साही थिए । सेकेन्ड वेभले अवस्था जटिल छ ।’ अघिल्लो वर्ष लकडाउन लामो भएपछि पर्यटक प्लेन चार्टर्ड गरेरै भए पनि स्वदेश फर्किएका थिए । केही पर्यटक स्वदेशभन्दा नेपाल सुरक्षित देखेर यतै बसे । त्यतिबेला पनि पर्यटन सम्बद्ध संघसंस्थाले सहयोग गरेका थिए । अहिले खासगरी पदमार्गमा धेरै पर्यटक थुनिएका छन् । कोही होमस्टे र होस्टल तथा फ्ल्याटमा पनि बसिरहेका छन् ।

प्रदेशमा वित्तीय संस्थाले २ खर्ब ३७ करोड लगानी गरेका छन् ।

पर्यटन व्यवसायीले खोपको सहज उपलब्धताका लागि आग्रह गरेका छन् । ‘छिटोभन्दा छिटो भ्याक्सिन दिए हुन्थ्यो । पोस्ट कोभिडपछि त हामी सेवामा हाजिर हुनुपर्छ । भ्याक्सिन लगाएपछि आउने ग्राहक पनि सुरक्षित हुन्छन्,’ व्यवसायीले भने, ‘यही देखाएर हामीले ठूलो मार्केटिङ गर्न सक्छौं । बन्दको बेलामा सरकारले मजदुरलाई भ्याक्सिन लगायो भने राम्रो सन्देश पनि जान्छ ।’ नियमित बैंकबाट आउने फोनका कारण आफूहरु हैरानीमा परेको उनीहरुको गुनासो छ । ‘बैंकको कर्जा अवधि थपिदिनुप¥यो । सरकारले दिने भनेको सहुलियत पनि छिटो दिनुपर्छ,’ परिषद् अध्यक्ष भट्टराई भन्छन्, ‘सरकारको पैसा २५ प्रतिशत पनि खर्च भएको छैन । व्यवसायी यस्तो हालतमा छन् । आगामी बजेटमा विशेष सम्बोधन हुनुप¥यो । कोभिडमा असर परेको क्षेत्रमा सरकारले सहयोग गरोस् ।’

गण्डकी सरकारले कोभिडले थलिएको व्यवसाय उकास्न व्यवसाय जीवनरक्षा कोष सञ्चालन गरेको छ । १ अर्बको कोष बनाएर बैंकबाट व्यवसायीले लिएको कर्जाको व्याज तिरिदिने योजना छ । त्यसका लागि प्रस्ताव समेत आह्वान भएर ऋण प्रवाह गर्ने क्रममा पुगेको छ । ६ हजार ७ सय ७८ व्यवसायीले सहुलियत ऋणको लागि निवेदन बुझाएका छन् । सरकारले ४ क्षेत्र तोकेर ऋण लगानी गर्ने जनाएको थियो । लघुउद्यम, साना सेवा, साना पर्यटन र यातायात व्यवसायीलाई सहुलियत ऋण दिन लागिएको हो । सबै गरेर ७ अर्ब ६७ करोड रुपैयाँ ऋण व्यवसायीले बैंकसँग मागेका राष्ट्र बैंकले जनाएको छ । ४ अर्ब ५१ करोड रुपैयाँको लोन स्वीकृत भैसकेको छ । बैंकका अनुसार सबैभन्दा धेरै लघु, घरेलु तथा साना उद्योगमा १ अर्ब ९९ करोड ऋण माग भएको छ भने साना पर्यटन १ अर्ब ५३ करोड, साना सेवामा ६२ करोड, साना यातायातमा ३५ करोड रुपैयाँ ऋण माग भएको छ । वार्षिक ५० लाखभन्दा कम कारोबार गर्ने व्यवसायीलाई व्यवसायको प्रकृति हेरेर ५० हजारदेखि १५ लाखसम्म बिनाब्याज ऋण दिन लागिएको हो । ३ वर्षसम्मको ब्याज सरकारले तिरिदिने कार्यविधि छ । सरकारी आँकडाले १ महिना आर्थिक गतिविधि ठप्प हुँदा गण्डकी प्रदेशमा १९ अर्ब नोक्सान हुने देखाएको छ । प्रदेशमा वित्तीय संस्थाले २ खर्ब ३७ करोड लगानी गरेका छन् । त्यसमध्ये पर्यटन, निर्माण, गैरखाद्य वस्तु उत्पादन र धातुका उत्पादन क्षेत्रमा गरिएको लगानी तत्कालै फिर्ता हुने सम्भावना निकै न्यून छ । ११ अर्ब ९० करोड पर्यटनमा, २ अर्ब धातु उत्पादन, ३५ अर्ब निर्माण र ५ अर्ब गैरखाद्य वस्तुमा लगानी गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width