आफ्नै छातीमा छुरा प्रहार

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७८
Knife

नवलपरासी । आफ्नै छातीमा चक्कु प्रहार गरी गम्भीर घाइते भएका १ जनाको गए राति उपचारको क्रममा निधन भएको छ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ देउराली निवासी ३९ वर्षीया चिनमाया रानाले घरमा कोही नभएको मौका छोपी आफ्नै कोठामा चक्कु आफ्नै छातीमा प्रहार गरेकी थिइन् ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई मध्यबिन्दु जिल्ला अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

चिनमाया राना विगत १ वर्षदेखि कलेजो रोगी रहेको र सोही कारणले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । प्रहरीले उनकै कोठाबाट चक्कुसमेत बरामद गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width