१ लाखसहित जुवा खेल्ने १० पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७८
juwa-tas-kauda

फाइल तस्बिर

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ बाट नवलपुर प्रहरीले तास खेलिरहेको अवस्थामा १ लाख बढी नगदसहित १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ नेपाली रुपैयाँ र ५ सय ७० रुपैयाँ भारतीय रुपैयाँसहित १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट घर भई हाल कावासोती २ डेरा गरी बस्ने ४५ वर्षका सोनालाल जैसवाल, बाराको गढीमाई ४ निवासी ३५ वर्षीय अजय जैसवाल, रौतहटको ३४ वर्षीय श्याम जैसवाल, रौतहटको मोतिहारी निवासी ४३ वर्षीय भाग्य नारायण वैठा, २८ वर्षीय सुनील जैसवाल, रौतहटकै राजपुरका ३७ वर्षीय विश्वनाथ जैसवाल, बाराको निजगढ ४ निवासी ३१ वर्षीय सुरेन्द्र जैसवाल, सोही ठाउँका ४६ वर्षीय विनयप्रसाद जैसवाल र रौतहटको विजयनगर निवासी ३० वर्षीय नरेश वैठा छन् ।

उनीहरुलाई जुवा ऐनअन्तर्गत कारबाही अगाडि बढाइएको नवलपुर प्रहरीले जनाएको छ ।

६ लाख बराबरका धनमाल चोरी

पूर्वी नवलपरासीको कावासोतीमा ६ लाख बराबरको धनमाल चोरी भएको छ । कावासोती ३ निवासी नारायण अर्यालको घरमा राति कोही नभएको समयमा ६ लाख बराबरको धनमाल चोरी भएको हो ।

डेढ तोला सुनको सिक्री १ थान, डेढ तोला सुनको औंठी, ६२ हजार नगद, ५० हजार बराबरको लिड टिभी १ थान, चरेसका भाँडाकुँडा, नयाँ लत्ता कपडासहित गरी ६ लाख बराबरको धनमाल चोरी भएको अर्यालले बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । चोरले घरको पछाडि पट्टिको ढोका फोरेर चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लकडाउनको बेला भएको चोरीको घटनासँगै सुरक्षा चुनौती थपिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width