‘गर या मर’ अवस्थाको खेलमा पोखरा थन्डर्स विजयी

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७८
nsl

पोखरा।  पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स विजयी भएको छ ।

शुक्रबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो प्ले अफमा जाने सम्भावना जिवितै राखेको छ । पोखराका लागि शुक्रबारको खेल ‘गर या मर’ को अवस्थामा थियो । हारसँगै एफसी चितवन पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ ।

सुरुआती १ गोलको अग्रता जोगाउन नसक्दा पराजित चितवन पराजित भएको हो । पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठ र राफायल रिमगागोले एक/एक गोल गरे । १० खेलाडीमा समेटिएको चितवनका शिशिर लेखिले एक गोल फर्काए । खेलको ७२ औं मिनेटमा शिशिरले गोल गर्दै चितवनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ८२ औं मिनेटमा चितवनका गोलकिपर विशाल सुनार रातो कार्ड प्राप्त गर्दै बाहिरिएपछि चितवन १० खेलाडीमा समेटियो । डिबक्स बाहिर निस्केर हातले बल क्लियर गरेपछि उनलाई रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड दिएका थिए । तर, खेलको ८६ औं मिनेटमा नवयुगले फ्रिकिकबाट गोल गर्दै पोखरालाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा राफायलले गोल गर्दै पोखरालाई २–१ को जित दिलाए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads