अख्तियारका पूर्व प्रमुख आयुक्त बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७८
dip-basnet

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

सर्वोच्चले उनलाई ५ लाख धरौटी लिएर रिहा गर्न शुक्रबार आदेश दिएको हो ।

तत्कालीन भौतिक पूर्वाधार सचिव हुँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएपछि आयोगले पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै उनी सर्वोच्च अदालत गए पनि उनको माग सुनुवाइ भएको थिएन ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads