पोखरा । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसल) अन्तर्गत आज एक खेल हुँदैछ। आजको खेलमा चितवनले पाँचौं खेल खेल्ने छ भने पोखरा थन्डर्सले लिग चरणको अन्तिम खेल खेल्दै छ।
त्यसैले पोखरालाई प्ले अफमा पुग्ने सम्भावना कायम राख्नका लागि एउटा अवसर छ। आजको खेलमा पोखराले जित निकाल्न सके उसलाई प्ले अफमा पुग्ने अवसर हुनेछ।
तालिकामा पोखरा पाँच अंकका साथ छैटौं स्थानमा छ। यदि आजको खेलमा उसले जित निकाल्न सके ऊ तेस्रो स्थानमा पुग्ने छ। यद्यपि उसको प्ले अफको यात्रा भने अन्य टिमको प्रदर्शनमा भर पर्ने देखिन्छ।
एक खेल हातमा रहेका विराटनगर र ललितपुरको क्रमशः ७ र ६ अंक छ। र, अघिल्लो खेलमा उनी भिड्दैछन्। त्यो खेल बराबरी भएमा उसले तेस्रो स्थानसम्मको यात्रा गर्नेछ। कुनै एकले जित निकालेको अवस्थामा र अर्को खेलमा बुटबलले धनगढीसँग हार बेहोरेमा पोखराको प्ले अफमा जाने सम्भावना कायम रहने छ।
यसरी पोखरा शीर्ष चारमा रहन सक्ने छ। उसो त अंकका हिसाबले तालिकाको पुछारमा रहेको चितवनको पनि प्ले अफमा खेल्ने सम्भावना कायमै देखिन्छ। चितवनको अब दुई खेल बाँकी छ।
यदि उसले दुवै खेलमा जित निकाल्न सके अहिलेको दुई अंकसहित उसको आठ अंक हुनेछ। त्यसैले पोखरा थन्डर्स प्ले अफमा पुग्ने समीकरण जस्तै बनेको अवस्थामा चितवनलाई फाइदा हुनेछ। तर, चोटले सताइएको र उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेको चितवनलाई लगातार जित निकाल्न भने सहज छैन।
त्यसका अतिरिक्त चितवनले अन्तिम खेलमा काठमाडौं रेजर्सको सामना गर्नुपर्ने छ। शीर्ष अथवा त्यो नभए पनि दोस्रो स्थानमा पर्नका लागि मिहिनेत गरिरहेको काठमाडौंविरुद्ध जित निकाल्नु भनेको चितवनका लागि निकै कठिन देखिन्छ।
पोखरा र चितवनको खेल बराबरी भएको अवस्थामा दुवै टिम प्ले अफमा पुग्न सक्ने छैनन्। र, लिग चरणबाटै बाहिरिने छन्। आजको खेल हार बेहोर्ने टिमले समूह चरणबाटै घर फर्कने छ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ।
Related News
सम्बन्धित समाचार
हिसान गण्डकी फुटसल सुरु
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१