एनएसएलमा अन्तिम चरणका खेल, पोखरालाई एक अवसर

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७८
nsl

पोखरा । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसल) अन्तर्गत आज एक खेल हुँदैछ। आजको खेलमा चितवनले पाँचौं खेल खेल्ने छ भने पोखरा थन्डर्सले लिग चरणको अन्तिम खेल खेल्दै छ।

त्यसैले पोखरालाई प्ले अफमा पुग्ने सम्भावना कायम राख्नका लागि एउटा अवसर छ। आजको खेलमा पोखराले जित निकाल्न सके उसलाई प्ले अफमा पुग्ने अवसर हुनेछ।

तालिकामा पोखरा पाँच अंकका साथ छैटौं स्थानमा छ। यदि आजको खेलमा उसले जित निकाल्न सके ऊ तेस्रो स्थानमा पुग्ने छ। यद्यपि उसको प्ले अफको यात्रा भने अन्य टिमको प्रदर्शनमा भर पर्ने देखिन्छ।

एक खेल हातमा रहेका विराटनगर र ललितपुरको क्रमशः ७ र ६ अंक छ। र, अघिल्लो खेलमा उनी भिड्दैछन्। त्यो खेल बराबरी भएमा उसले तेस्रो स्थानसम्मको यात्रा गर्नेछ। कुनै एकले जित निकालेको अवस्थामा र अर्को खेलमा बुटबलले धनगढीसँग हार बेहोरेमा पोखराको प्ले अफमा जाने सम्भावना कायम रहने छ।

यसरी पोखरा शीर्ष चारमा रहन सक्ने छ। उसो त अंकका हिसाबले तालिकाको पुछारमा रहेको चितवनको पनि प्ले अफमा खेल्ने सम्भावना कायमै देखिन्छ। चितवनको अब दुई खेल बाँकी छ।

यदि उसले दुवै खेलमा जित निकाल्न सके अहिलेको दुई अंकसहित उसको आठ अंक हुनेछ। त्यसैले पोखरा थन्डर्स प्ले अफमा पुग्ने समीकरण जस्तै बनेको अवस्थामा चितवनलाई फाइदा हुनेछ। तर, चोटले सताइएको र उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेको चितवनलाई लगातार जित निकाल्न भने सहज छैन।

त्यसका अतिरिक्त चितवनले अन्तिम खेलमा काठमाडौं रेजर्सको सामना गर्नुपर्ने छ। शीर्ष अथवा त्यो नभए पनि दोस्रो स्थानमा पर्नका लागि मिहिनेत गरिरहेको काठमाडौंविरुद्ध जित निकाल्नु भनेको चितवनका लागि निकै कठिन देखिन्छ।

पोखरा र चितवनको खेल बराबरी भएको अवस्थामा दुवै टिम प्ले अफमा पुग्न सक्ने छैनन्। र, लिग चरणबाटै बाहिरिने छन्। आजको खेल हार बेहोर्ने टिमले समूह चरणबाटै घर फर्कने छ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ।

Related News

सम्बन्धित समाचार

    • दूरी नाप्छिन् दुवाना

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा, १० असार । उमेरले साढे ५ वर्षमात्र टेकेकी दुवानालाई उनका बावु मुखिया लामाले एक दिन स्वीमिङ पुल लगे । बालुवाटारस्थित…
    • प्रखेपका सय दिन

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको गठन भएको हनिमुन पिरियड अर्थात् १ सय दिन पुगेको छ । संघीय संरचना अन्तर्गत…
    • पोखरामा ओलम्पिक डे मनाइयो

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । आधुनिक खेल प्रारम्भ भएको दिनको स्मरण गर्दै बुधबार ओलम्पिक डे मनाइएको छ । विभिन्न खेल संघ संस्था, खेलाडी…
    • लाइफटाइम अचिभमेन्ट अवार्ड रञ्जितलाई प्रदान गरिने

      आदर्श समाज सम्वाददाता असार ९, २०७८
      पोखरा, ९ असार । पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड केशव रञ्जित (आनन्द) लाई प्रदान गरिने भएको छ…
    • पोखरा स्पोर्टस् अवार्ड असार १८ मा, समारोह भर्चुअलमार्फत हुने

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा, ८ असार । ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका…

    hero news full width

    sanil ads

    wordlink ads