चौरासी पूजापछि गाउँमा कोरोना

तोलाकान्त बगाले
वैशाख २४, २०७८
Corona Banner

वालिङ । वालिङ नगरपालिका १ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । गाउँमा गत १४ गते भएको चौरासी पूजामा सहभागी भएकाहरुमा लक्षण देखिएपछि नमूना परीक्षण गरेका सबैमा संक्रमण पुष्टि भएको हो ।

वालिङस्थित गह्रौं प्राथमिक अस्पताल र स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर गरेको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । २५ जनाको परीक्षण गर्दा १९ जनामा एकैदिन संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

‘बाक्लो बस्ती रहेको गाउँमा एकसाता अघि चौरासी पूजा गरिएको र त्यहाँ सहभागी भएकाहरुमा एकाएक ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने लगायतका समस्याहरु देखिएपछि परीक्षण ग¥यौं,’ नगर प्रमुख खाँणले भने, ‘परीक्षणका क्रममा ठूलो संख्यामा संक्रमितहरु रहेको पुष्टि भयो ।’

अस्पतालमा गरिएको नमुना परीक्षणमा सातमा सातै जना संक्रमित देखिएपछि नगरपालिका तथा गह«ौं प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजेन परीक्षण गरेको थियो । ‘सक्रमितसहित परिवारहरुमा पनि सर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छौं,’ नगर प्रमुख खाँणले भने, ‘त्रसित नहुन र नआत्तिन अनुरोधसहित आवश्यक परामर्श दिएका छौं भने संक्रमित तथा परिवारका सदस्यहरुलाई आवश्यक औषधिसमेत वितरण गरेका छौं ।’

गाउँभरि संक्रमित देखिएपछि तत्कालका लागि उक्त गाउँका नागरिकलाई घरबाट बाहिर ननिस्कन र बाहिरबाट पनि त्यस ठाउँमा आवतजावत गर्न नदिने गरी सिल गरिएको नगर प्रमुख खाँणले बताए ।

विशेष गरी ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरुमा समस्या बढी हुन सक्ने भएकाले समस्या पर्नासाथ नगरपालिका वा अस्पतालमा सम्पर्क गर्न उपप्रमुख कल्पना तिवारीले आग्रह गरिन् ।

उनले वालिङका नागरिकहरुको स्वास्थ्यप्रति नगरपालिका २४ सै घण्टा सजग र सचेत रहेको बताउँदै समस्या पर्नासाथै जुनसुकै बेला पनि सम्पर्क गर्न आग्रह गरिन् ।

उक्त गाउँमा ९ वर्षका बालकदेखि ७७ वर्षकी ज्येष्ठ महिलासम्ममा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए ।

संक्रमण हुनेमा महिला १४ जना र पुरुष ५ जना छन् । संक्रमित हुनेमा ७७, ६८, ६०, ५९, ५८, ५५, ३६, ३५, २८, २५ २३ २२, २० र १७ वर्षका महिला छन् भने ५८, ३७, ३३, २२ र ९ वर्षका पुरुष रहेका शाखा प्रमुख पाण्डेले बताए ।

गाउँमै पुगेर आवश्यक औषधिहरु वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेकाले गह्रौंप्राथमिक अस्पतालको अक्सिजनसहितको आइसोलेसनमा ल्याएर उपचार गरिने शाखा प्रमुख पाण्डेले बताए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width