राम्दीघाटमा २५ भन्दा बढी मलामी निषेध

भवानी अधिकारी
वैशाख २३, २०७८
Ramdii

स्याङ्जा । पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल राम्दीमा २५ जनाभन्दा बढी मलामी जान रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमण बढेकाले बढ्दो भीडभाड नियन्त्रणका लागि भन्दै बजार व्यवस्थापन समितिले सो निर्णय गरेको अध्यक्ष मीनबहादुर थापाले जानकारी दिए ।

‘बिहान ६ देखि साँझ ६ बजेसम्म शव जलाउन पाइने निर्णय गरेका छौं ।’ अध्यक्ष थापाले भने ‘मलामका आएकाले घाट नजिकको बजार क्षेत्रमा खानपान र घुमघाम पनि गर्न निषेध गरिएको छ ।’

गल्याङ नगरपालिका ३ स्थित कालीगण्डकी नदी किनारमा अवस्थित रामनदीधाम र राम्दीघाट हिन्दुहरुका पवित्र तीर्थस्थल हो । कोरोना संक्रमणअघिका दिनमा, रामदीधामको पूजाअर्चनाका लागि दैनिक सयौं भक्तालु आउने गर्दथे भने राम्दीघाटमा अन्तिम संस्कारका लागि दिनहुँ दर्जनौ शव ल्याउने गरिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width