मन्त्री मनाङेले गरे  खेलकूद परिषद्को प्रशासनिक भवन शिलान्यास   

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
province sports council (1)

कास्की । गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवन निर्माण गरिने भएको छ । पोखरा रङ्गशालाभित्र निर्माण गरिने भवनको आज गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले शिलान्यास गर्नुभयो ।

प्रदेश सरकारको रु ४० लाख लागतमा स्टिल संरचनामा सभाहल सहित ११ कोठाको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसकिने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

गत फागुनमा प्रदेश सदस्य सचिव सहित परिषद्का पदाधिकारी र सदस्यहरु नियुक्त भएपनि पूर्वाधार अभावमा उहाँहरुको पदस्थापन हुन सकेको छैन । कार्यक्रममा युवा तथा खेलकूदमन्त्री गुरुङले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताउनुभयो ।

विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले गण्डकीका ११ वटै जिल्लामा रहेका खेलकूदको सम्पत्ति तथा पूर्वाधारहरुको यकिन विवरण खोजी गर्ने काम अघि बढाइने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“हामी नियुक्त भएर आएको एक साता मात्र भएको छ । अब हामी प्रदेशको ११ वटै जिल्लामा कहाँ कहाँ खेलकूदको सम्पत्ति त्यसको खोजीनीतिमा लाग्ने छौँ । त्यस सम्पत्तिलाई खेलाडी र युवाको उपयोगमा लगाउने योजना छ ।”

कोरोना महामारीमा पनि आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खेल पूर्वाधार निर्माणलाई अघि बढाइने मन्त्री गुरुङले जानकारी दिनुभयो ।

खेलकूद परिषद्का सदस्य सचिव गुरुङले कोरोना महामारीका कारण सीमित व्यक्तिहरुको उपस्थितिमा शिलान्यासको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
“खेलकूद परिषद्को प्रशासनीक भवनको आज शिलान्यास हुनु हाम्रा लागि खुःशीको दिन हो । अत्यावश्यक भवन निर्माणपछि परिषद्को काम कारवाहीलाई थप व्यवस्थित बनाउन सहज हुनेछ,  ” उहाँले भन्नुभयो । रासस

Related News

सम्बन्धित समाचार

  • थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको…
  • पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । मुलुककै पहिलो अन्तर्राष्ट्रिय म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहित पहिलोपटक अभियानका रुपमा सुरू भएको साप्ताहिक/मासिक दौड सफल बनाउन पोखरेली…
  • हिसानको फुटसल सुरु

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट सुरु भएको छ । प्रतियोगिता उद्घाटन…
  • अली मियाँ फुटबल जारी

    आदर्श समाज सम्वाददाता माघ १५, २०८१
    पोखरा । लोककवि अली मियाँ स्मृति चौंथो खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार ७ खेल भए । पोखरा–१३ माछापोखरी…
  • आहा रारामा ११ टिम टुंगो

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिने १२ मध्ये ११ टिमको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले…

hero news full width