गण्डकी प्रदेशसभा बैठक २७ गते बस्ने

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
Gandaki Pradesh Sabha parle

पाेखरा । अन्याेलमा रहेकाे गण्डकी प्रदेशकाे विशेष अधिवेसनकाे अर्काे बैठक बैशाख २७ गते बस्ने भएकाे छ ।

बिहीबार बसेकाे कार्यव्यवस्था परामर्श समिति बैठकले २७ गते ११ बजे बस्ने निर्णय गरेकाे हाे ।

सत्तापक्ष र प्रतिपक्ष समेतकाे सहमतिमा बैठक आह्वान गरिएकाे हाे । सत्तापक्षले यसअघि जेठ लागेपछि बैठक बाेलाउन भनेकाे थियाे । विपक्षी भने जतिसक्दाे छिटाे बैठक बाेलाउन दवाव दिएका थिए ।

दुवैपक्ष अडानमा लागेपछि मध्यमार्गी मिति खाेजिएकाे सत्तारुढ सांसद मायानाथ अधिकारीले बताए ।

कोभिड लागेका सांसदलाई अलग्गै बस्ने व्यवस्था मिलाएर संसद बैठक बस्ने सभामुखले बताएका छन् ।

कोभिड लागेका सांसदले बोल्न नपाएपनि भोट भने हाल्न पाउनेछन् ।
बैठकमा मुख्यमन्त्रीको साटो अधिकारप्राप्त मन्त्रीले उनको तर्फबाट जवाफ दिनेछन् । मुख्यमन्त्री गुरुङ अहिले कोरोना लागेर होम आइसोलेसनमा छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकै दिन कांग्रेस सहित ३ दलले विशेष अधिवेशन मागेर प्रदेश प्रमुखकोमा पत्र दर्ता गरेका थिए । त्यही आधारमा वैशाख १३ गते विशेष अधिवेशन सुरु भएको हो । वैशाख १५ गते अविश्वासको प्रस्तावमाथि मतदानको कार्यसूची रहे पनि जनमोर्चाका सांसद खीमविक्रम शाही हराएको सूचना पाएपछि सभामुखले वैठक स्थगित गरेका थिए ।

त्यसपछि सत्तापक्षले यो कदमको विरोध गर्दै आएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width