कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको माग   

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
Congress Flag

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय संगठन विभागले सरकारले रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नाको साटो विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरेको, सत्तामा केन्द्रित रहेको तथा मूल्यवृद्धि र कालोबजारी गर्ने कार्यलाई रोक्न नसकेको आरोप लगाएको छ ।

विभाग प्रमुख गोपालमान श्रेष्ठले आज विज्ञप्तिमार्फत भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य कक्ष स्थापना गरी सबैको कोरोनाको परीक्षण गर्न, संक्रमण देखिएकालाई आइसोलेशनमा राखी उचित व्यवस्थापन गर्न र सबै स्थानीय तहसँगको समन्वयमा कन्टयाक ट्रेसिङलाई निरन्तरता दिन माग गर्नुभयो ।

स्थानीय र प्रदेश तहसँगको समन्वयमा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल शय्या, सघन उपचार कक्ष शय्या, आइसोलेशन केन्द्र, क्वारेन्टिन र होर्डिङ सेन्टरको व्यवस्थापन, सञ्चालन र अनुगमन गर्न विभागको सुझाव छ । साथै केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड–१९ र साना अस्पताललाई ननकोभिड–१९ अस्पतालका रुपमा विकसित गरी आवश्यक उपचार र जीवनरक्षक औषधिको प्रबन्ध गर्न माग गरिएको छ ।

कांग्रेस नेता श्रेष्ठले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र संघ, प्रदेश र स्थानीय तहका समन्वयमा आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायत सबैलाई बीमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न माग गरिएको छ ।   रासस

Related News

सम्बन्धित समाचार

    • संक्रमित घटेसँगै परीक्षणमा कमी

      धनबहादुर गुरुङ असार ६, २०७८
      पोखरा । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीलाई २ साता अघिसम्म स्वाब परीक्षण गर्न भ्याइनभ्याइ थियो । तारन्तार…
    • शहरभन्दा गाउँमा कोरोना सङ्क्रण

      रासस असार ५, २०७८
      दमौली । कोभिड–१९ को दोस्रो लहरको शुरुआतमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या धेरै थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी…
    • १५ हजारले पाएनन् कोभिसिल्ड दोस्रो डोज

      आदर्श समाज सम्वाददाता असार ५, २०७८
      नवलपुर । भारतबाट आएको कोभिड १९ विरुद्धको खोप कोभिसिल्डको पहिलो डोज खोप लगाएकामध्ये झण्डै १५ हजार नागरिकले नवलपुरमा दोस्रो डोज…
    • गण्डकीमा एक हप्तामा ४ हजार १९३ ले कोरोना जिते

      आदर्श समाज सम्वाददाता असार २, २०७८
      पोखरा । गण्डकी प्रदेशमा बुधबार ५ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार ३६० जनामा नेगेटिभ देखिएको थियो…
    • गण्डकीमा ४२ हजार ३ सय ८ जना कोरोनामुक्त

      आदर्श समाज सम्वाददाता जेठ २९, २०७८
      पोखरा । गण्डकी प्रदेशमा ४२ हजार ३ सय ८ जना कोरोनामुक्त भएका छन् । शुक्रबार ३४७ जनाले कोरोनामुक्त भएसँगै ४२…

    hero news full width

    sanil ads

    wordlink ads