देशभरका २२ न्यायाधीश र १ सय ३९ कर्मचारीलाई कोरोना

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
supreme court

पोखरा । देशभरका अदालतका २२ न्यायाधीशलाई कोरोना संक्रमण भएको छ । विभिन्न अदालतका १ सय ३९ कर्मचरीमा पनि संक्रमण देखिएको सर्वोच्च अदालतले जनाएको छ ।

बुधबार सर्वोच्च अदालतले सूचना जारी गर्दै न्यायालयमा भएको कोभिड संक्रमणको जानकारी दिएको छ । सर्वोच्चको सूचनामा भनिएको छ, ‘स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र उच्च सतर्कता अपनाउँदासमेत सर्वोच्च अदालत र मातहतका अदालतमा कार्यरत न्यायाधीश एवम् कर्मचारीहरूमा संक्रमणको अवस्था रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।’

हेर्नुहाेस सूचना :

Related News

सम्बन्धित समाचार

hero news full width