संघीय सांसदसहित ३८ जनामा कोरोना संक्रमण

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
agni sapkota

पाेखरा । संघीय संसदका सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएका ६ सय ९ जनाको पिसिआर परीक्षण गर्दा यो रिपोर्ट आएको हो ।

सभामुख अग्नि सापकाेटाकाे भने रिपाेर्ट नेगेटिभ छ ।

संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसदहरू कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक लगायतको पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको थियो ।

हिजो १ सय २८ जना सांसद र कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत ४ सय ८१ जना गरी जम्मा ६ सय ९ जनाको स्वाव संकलन गरिएको थियो ।

वैशाख २७ मा संसद अधिवेशन सुरू हुने भएपछि पिसिआर गरिएकाे हाे ।

Related News

सम्बन्धित समाचार

hero news full width