वालिङ । वालिङ नगरपालिका १ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजिन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । गाउँमा गत १४ गते भएको चौरासी पूजामा सहभागी भएकाहरुमा लक्षण देखिएपछि नमूना परीक्षण गरेका सबैमा संक्रमण पुष्टि भएको हो ।
वालिङस्थित गह्राैं प्राथमिक अस्पताल र स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर गरेको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । २५ जनाको परीक्षण गर्दा १९ जनामा एकैदिन संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
‘बाक्लो बस्ती रहेको गाउँमा एकसाता अघि चौरासी पूजा गरिएको र त्यहाँ सहभागी भएकाहरुमा एकाएक ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने लगायतका समस्याहरु देखिएपछि परीक्षण ग¥यौं,’ नगर प्रमुख खाँणले भने, ‘परीक्षणका क्रममा ठूलो संख्यामा संक्रमितहरु रहेको पुष्टि भयो ।’
अस्पतालमा गरिएको नमूना परीक्षणमा सातमा सातै जना संक्रमित देखिएपछि नगरपालिका तथा गह«ौं प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजेन परीक्षण गरेको थियो ।
‘सक्रमितसहित परिवारहरुमा पनि सर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छौं,’ नगर प्रमुख खाँणले भने, ‘त्रसित नहुन र नआत्तिन अनुरोधसहित आवश्यक परामर्श दिएका छौं भने संक्रमित तथा परिवारका सदस्यहरुलाई आवश्यक औषधिसमेत वितरण गरेका छौं ।’
गाउँभरि सङ्क्रमित देखिएपछि तत्कालकालागि उक्त गाउँका नागरिकलाई घरबाट बाहिर ननिस्कन र बाहिरबाट पनि त्यस ठाउँमा आवतजावत गर्न नदिने गरी सिल गरिएको नगर प्रमुख खाँणले बताए ।
विशेष गरी ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरुमा समस्या बढी हुन सक्ने भएकाले समस्या पर्नासाथ नगरपालिका वा अस्पतालमा सम्पर्क गर्न उपप्रमुख कल्पना तिवारीले आग्रह गरिन् ।
उनले वालिङका नागरिकहरुको स्वास्थ्यप्रति नगरपालिका २४ सै घण्टा सजग र सचेत रहेको बताउँदै समस्या पर्नासाथै जुनसुकै बेला पनि सम्पर्क गर्न आग्रह गरिन् ।
उक्त गाउँमा ९ वर्षका बालकदेखि ७७ वर्षकी ज्येष्ठ महिलासम्ममा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए ।
संक्रमण हुनेमा महिला १४ जना र पुरुष ५ जना छन् । संक्रमित हुनेमा ७७, ६८, ६०, ५९, ५८, ५५, ३६, ३५, २८, २५ २३ २२, २० र १७ वर्षका महिला छन् भने ५८, ३७, ३३, २२ र ९ वर्षका पुरुष रहेका शाखा प्रमुख पाण्डेले बताए ।
गाउँमै पुगेर आवश्यक औषधिहरु वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेकाले गह«ौं प्राथमिक अस्पतालको अक्सिजनसहितको आइसोलेसनमा ल्याएर उपचार गरिने शाखा प्रमुख पाण्डेले बताए । बुधबारमात्रै अस्पतालमा गरिएको परीक्षणमा ३५ जना नयाँ संक्रमित थपिएका छन् ।
Related News
सम्बन्धित समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
hero news full width
मुख्य समाचार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१