धौलागिरि गाउँपालिकाका सबै सेवा बन्द

साधन राम्जाली
वैशाख २३, २०७८
dhaulagiri

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको कार्यालय, वडा र विषयगत सेवा केन्द्रका कार्यालय बन्द हुने भएका छन् । गाउँपालिकाभित्र समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष थमसरापुनमगरले जानकारी दिइन् । उनका अनुसार गाउँपालिका, सातै वटा वडा र सेवा केन्द्रका अत्यावश्यकबाहेकका सेवाहरु बिहीबार (२३ गते) देखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कोरोना रोकथाम तथा व्यवस्थापन अभियानमा सहयोग गर्नसमेत अध्यक्ष पुनले अपिल गरिन् । कोरोना रोकथाम तथा नियन्त्रण लागि स्वास्थ्य मापदण्ड पालना गराउन सघाउन वडाका जनप्रतिनिधि, युवा क्लब, आमा समूह र रेडक्रसकर्मीलाई उनले आह्वान गरिन् । गाउँपालिकाले वैशाख १४ गतेदेखि विद्यालय बन्द गराएको छ । कोरोना संक्रमितको उपचारका लागि गाउँपालिकाको वडा नम्बर ७ ताकममा ५ शड्ढयाको कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ ।

धौलागिरिका ताकम र लुलाङ कोरोना संक्रमित बढेका छन् । हालसम्म ६ जना कोरोना संक्रमित होमआइसोलेसनमा छन् भने ३ जना संक्रमित बेनीमा छन् । बुधबारमात्र एन्टिजेन विधिबाट नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । गाउँपालिकाभित्र यातायातका सवारी सञ्चालनमा समेत रोक लगाउने निर्णय भएको गाउँपालिकाले जनाएको छ । यता जिल्लाको बेनी नगरपालिकामा २२ गते राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म लकडाउन घोषणा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width