प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाद्वारा अस्वीकार

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७८
uml-congress-meeting-2

काठमाडौं ।  एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससलाई सहयोगका लागि आग्रह गरेको छ।

बुधबार सभापति शेरबहादुर देउवा निवासमा भएको दुई पार्टीका नेताहरुको बैठकमा ओलीले २७ गते संसदमा हुने भोटिङमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।

जवाफमा कांग्रेसले प्रतिपक्षी दल भएको र सरकारकै कार्यशैलीका कारण सहयोग गर्न नसक्ने जवाफ सभापति देउवाले दिएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

बैठकबारे जानकारी दिँदै महतले भने, ‘उहाँले विश्वासको मत लिन गइरहको छु। कांग्रेसको सहयोगको अपेक्षा गरेका छु भन्नुभयो। हामीले सहयोग गर्न सक्दैनौँ भन्ने स्पष्ट जवाफ दिँऔँ।’

दुई पार्टीको बैठकमा कोरोना नियन्त्रणबारे पनि छलफल भएको छ। कांग्रेसले कोरोना नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ।

प्रधानमन्त्री भएपछि ओली पार्टीका अरु नेताहरुलाई समेत लिएर देउवा निवास पुगेका हुन्।

छलफलमा एमालेका तर्फबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, विष्णु पौडेल र कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला उपस्थित थिए।

Related News

सम्बन्धित समाचार

hero news full width