चर्को शुल्क लिने अस्पताललाई सरकारले कारबाही गर्ने

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७८
Ministry-of-Health-and-Population

काठमाडौं ।  सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।

कोरोना भाइरसका बिरामीसँग बढी शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले कारबाहीको चेतावनी दिएको हो।

मन्त्रालयले महामारीको समयमा केही अस्पतालले असहयोग गर्ने र बिरामीलाई अनावश्यक दुःख दिने, समस्या बढाउनेजस्ता कार्य गरेको गुनासो आएको र त्यसमा गम्भीर ध्यानाकर्षण भएको भन्दै कारबाहीको चेतावनी दिएको छ।

कुनै अस्पतालमा यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन तथा मन्त्रालयको हटलाइन नम्बरमा फोन गरी उजुरी गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width