नवलपुर । पूर्वी नवलपरासीमा बुधबारबाट निषेधाज्ञा शुरु भएको छ ।
नवलपुरमा संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले बुधबारबाट निषेधाज्ञा जारी गरेको हो ।
बैशाख २२ देखि जेठ ४ गतेसम्म अर्थात १५ दिनसम्म निषेधाज्ञा जारी गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।
पहिलो दिन पानी समेत परेकोले सडक र बजार सुनसान देखिएको छ भने गाउँघर पनि सुनसान देखिएको छ ।
निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारवाही गरिने समेत पंगेनीले बताइन् ।
थप एक जनाको निधन, सक्रिय संक्रमित ४६५
पूर्वी नवलपरासीमा कोरोना ंसंक्रमणका कारण बुधबार एक जनाको निधन भएको छ ।
चितवनको चितवन मेडिकल कलेजमा उपचाररत गैडाकोट ११ का ५८ बर्षीय पुरुषको निधन भएको हो ।
गैडाकोट नगर प्रमुख छत्रराज पौडेलले उनको बुधबार विहान ६ बजेतिर चितवन मेडिकल कलेजमा निधन भएको जानकारी दिए ।
१९ गते स्वाब संकलन गरी २० गते पोजिटिभ रिपोर्ट आएका उनको दुई दिनमै निधन भएको हो । यो सहित नवलपुरमा मृतकको संख्या ५ पुगेको छ भने नवलपुरमा सक्रिय संक्रमितको संख्या ४६५ पुगेको छ ।
प्रशासनले निषेधाज्ञामा सवारी पास नदिने
नवलपुर प्रशासनले निषेधाज्ञाको समयमा सवारी पास नदिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी आन्तरिक र बाह्य जिल्ला कही कतै पनि कुनै पनि प्रकारको सवारी पास नदिने जनाएको छ ।
निषेधाज्ञामा प्रेस, एमबुलेन्स, शव वाहन, तरकारी, दुध जस्ता अत्यावश्यक सवारी साधन भने सामाजिक दुरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर चलाउन सकिने प्रशासनले यस अघि जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
बैंक वित्तीय संस्था दैनिक २ घन्टा मात्र खुल्ने
नवलपुरमा निषेधाज्ञाको समयमा जिल्लाका बंैक तथा वित्तीय संस्थाहरु दैनिक २ घण्टाका दरले संचालन हुने भएका छ्न ।
मंगलबार प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बैंर्कस क्लब कावासोतीका पदाधिकारीको बीचको बैंठकले हरेक दिन १० देखि १२ बजे सम्म न्यूनतम कर्मचारीको प्रयोग गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा सुचारु गर्ने निर्णय भएको हो ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१