नेपाल सुपर लिगमा आज पोखरा र धनगढी भिड्दै

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७८
nspl

पोखरा ।  नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पाँचौं चरणका खेल सुरु हुँदैछन्।

साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिमको धनगढी फुटबल क्लब र गण्डकीको पोखरा थन्डर्स प्रतिस्पर्धा गर्दैछन्।

आजको खेल दुवै टिमका लागि शीर्षस्थानमा जाने अवसरका रुपमा हुनेछ। सबै टिमको दुई मात्र खेल बाँकी रहँदा अब शीर्ष चारमा पुग्ने टिमको टुंगो लाग्न सुरु भएको छ। शीर्षस्थानका धनगढी, विराटनगर र काठमाडौंले सामान अंक बनाएर प्ले अफका लागि दाबेदारी प्रस्तुत गरेका छन्। त्यस्तै समान पाँच अंक भएका बुटबल लुम्बिनी र पोखरा पनि शीर्ष चारको प्रतिस्पर्धामा कायम छन्।

जारी पहिलो फुटबल फ्रेन्चाइज लिगमा शीर्ष चारको दौड निकै पेचिलो बन्दै गएको छ।

पेचिलो बन्दै गएका लिगको पाँचौ चरणको खेलमा पोखरा र धनगढी भिड्न लागेका हुन्। यो खेलले शीर्षस्थानमा जाने टिमको ढोका खोलिदिने देखिन्छ। किनभने आजको खेलमा जित निकाल्न सके धनगढीले शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने छ।

त्यस्तै पोखरा पनि आजको खेलमा जित निकाल्दै शीर्षस्थानमै जाने दाउमा हुनेछ। तर, उसले जित निकाल्न सके शीर्षस्थानमा एक अंकको अग्रता बनाउने छ। बराबरीको अवस्थामा भने धनगढी एक अंकको अग्रतासहित शीर्षस्थानमा जानेछ भने पोखरा चौथौ स्थानमा जानेछ।

यी दुवै क्लब पहिलो खेलमा हार बेहोरेर पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका क्लब हुन्। त्यसैले आजको खेल निकै प्रतिस्प्र्धात्मक हुने देखिन्छ।

आजको खेलमा पोखराका नवयुग श्रेष्ठ र धनगढीका ओलावाले अफिज सबै दर्शकको नजरमा हुनेछन्। उत्कृष्ट फर्ममा रहेका फरवार्ड नवयुगले एक गोल गरेका छन्।

ओलावाले भने जारी नेपाल सुपर लिगका सर्वाधिक गोलकर्ता हुन्। उनले चार खेलमा चार गोल गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको…
  • पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । मुलुककै पहिलो अन्तर्राष्ट्रिय म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहित पहिलोपटक अभियानका रुपमा सुरू भएको साप्ताहिक/मासिक दौड सफल बनाउन पोखरेली…
  • हिसानको फुटसल सुरु

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट सुरु भएको छ । प्रतियोगिता उद्घाटन…
  • अली मियाँ फुटबल जारी

    आदर्श समाज सम्वाददाता माघ १५, २०८१
    पोखरा । लोककवि अली मियाँ स्मृति चौंथो खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार ७ खेल भए । पोखरा–१३ माछापोखरी…
  • आहा रारामा ११ टिम टुंगो

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिने १२ मध्ये ११ टिमको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले…

hero news full width