कांग्रेसले  प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
1nepali congress

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

आज मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

ओलीलाई विश्वासको मत लिनबाट फेल गराउने निर्णय भएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकोमा कांग्रेसले असन्तुष्टि पनि व्यक्त गरेको छ।

प्रधानमन्त्रीलाई फेल गराउन अन्य दललाई पनि आग्रह गर्ने र उनलाई फेल गराइछोड्ने महतले बताए। प्रधानमन्त्री ओलीले अध्यादेशको माध्यमबाट देश चलाउन खोजेको भन्दै कांग्रेसले त्यसको भर्त्सना गरेको छ।

संसद् छलेर मुलुक चलाउन चलाउनु गलत भएको कांग्रेसको निष्कर्ष छ। सरकारको सिफारिसमा आजमात्रै राष्ट्रपतिले ७ वटा अध्यादेश जारी गरेकी छन्।

कांग्रेसले कोभिड महामारीमा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। बैठकमा पार्टीको महाधिवेशनबारे पनि छलफल भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width