गण्डकीको गाँठो फुकाउन सर्वदलीय छलफल, निस्केन निचाेड

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
sarbadaliya

अवरुद्ध संसद बैठक सञ्चालन गर्न मंगलबार प्रदेश सभा सचिवालमा भएको सर्वदलीय छलफल । तस्बिर : आदर्श समाज

पोखरा। गण्डकीमा जनमोर्चाका सांसद खीमविक्रम शाही ‘हराएपछि’ उत्पन्न विवादले अनिश्चित बनेको प्रदेश सभाको बैठक सञ्चालनका लागि बसेकाे सर्वदलीय बैठक निचाेडमा नपुगी सकिएकाे छ ।

एमाले जेठमा बैठक राख्ने पक्षमा छ भने अरु दल यहि साता टुंग्याउन दबाब दिएका छन् । मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले जेठ १ गते कार्यव्यवस्था परामर्श समितिकाे बैठकले कार्यसूचि बनाएर २ गते संसद बैठक बाेलाउन सुझाव दिए।

अरु दलले धेरै पर नधकेल्न सुझाएपछि बिहीबा कार्यव्यवस्था समितिकाे बैठका बाेलाइएकाे छ । समितिले कार्यसूची बनायाे भने संसद चल्छ ।

नत्र फेरि सर्वदलीय बैठक बस्नुपर्छ, एक नेताले भने, सम्भवतः धेरै ढिलाे हुँदैन अब । यसैका लागि संसदमा प्रतिनिधित्व गर्ने पाँच वटै दलकाे बैठक बुधबार बस्न लागेकाे छ ।

मुख्यमन्त्री विरुद्द संसदमा अबिस्वास प्रस्ताव छलफलकै क्रममा छ ।

मंगलबारकाे बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका हरिबहादुर चुमान, जनमोर्चाका कृष्ण थापा र जनता समाजवादीका हरिशरण आचार्य सहभागी थिए ।

जनमोर्चाकै सांसद हराएको सूचनाका आधारमा सभामुखले १५ गते बैठक स्थगित गरेका थिए । आफ्ना सांसद बिरामी भएर उपचार गराएको र अहिले होटेलमा आराम गरिहरेको जानकारी जनमोर्चाले सभामुखलाई औपचारिक रुपमा गराइसकेको छ ।

वैशाख २ गते कांग्रेससहित ३ दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि वैशाख १५ गते मतदान हुने कार्यसूची थियो । अविश्वास प्रस्ताव पारित गर्न ३१ मत चाहिनेमा जनमोर्चाका खीमविक्रम शाही र स्वतन्त्र सांसद अनुपस्थित भएका कारण कारवाही अगाडि बढाउन सभामुखले रोकेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । एमालेलाई १ स्वतन्त्र सांसदको साथ छ । धरमरमा रहेका स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) लाई मन्त्री बनाएर थप एक भोट सुरक्षित गरेका छन् ।

संसदमा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । अविश्वास प्रस्तावमा जनमोर्चाको मौखिक समर्थन र २८ सांसदको हस्ताक्षर छ ।

Related News

सम्बन्धित समाचार

hero news full width