गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २३५ पुग्यो, १३८ संक्रमित थपिए,

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा थप १३८ जनामा कोरोना भाइरस ९कोभिड १९०को संक्रमण देखिएको छ।

लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा थप १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकाका छन्। कास्कीको पोखरा महानगरपालिकाका मात्रै १३० जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जानकारी दिएको छ।

यस्तै, तनहुँका ५ र म्याग्दी, पर्वत तथा स्याङ्जा जिल्लाका १–१ जनामा सक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ।

थपिएका संक्रमित समेत गरी हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार ८५३ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए।

निर्देशक डा शर्माका अनुसार कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा हालसम्म २३५ जनाको मृत्यु भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै