७ वर्षीय बालकको हत्या गरेको आरोपमा १ महिला पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
Fulmaya Kami

लमजुङ । ७ वर्षीय बालकको हत्या गरेको अभियोगमा लमजुङमा प्रहरीले एक महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ दूधपोखरी गाउँपालिका– ३ फुलिङगिरीकी ४८ वर्षीय फूलमाया कामी भएको प्रहरीले जनाएको छ ।

सोही फुलिङगिरी गाउँमा स्थायी सबोबास भएका राजकुमार गुरुङको ७ वर्षीय छोरा युकेश गुरुङ गत चैत ३० गतेका दिन हराई बेपत्ता भएका थिए । उनलाई खोज्ने क्रममा भोलिपल्ट वैशाख १ गते साँझ ५ बजेको समयमा घरदेखि ३ सय मिटर दुरीमा रहेको खोल्सामा मृत अवस्थामा गाउँलेहरूले फेला परेका थिए ।

सो सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालयबाट एक प्रहरी टोली अनुसन्धान टोली घटनास्थलमा गएको थियो । सो टोलीले गरेको प्रारम्भिक अनुसन्धान गर्दा मृतक बालक युकेश गुरुङको घाँटीमा केही चिजबस्तुले प्रहार गरी हत्या गरेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार उक्त आशंंका निवारणका लागि मृतकको शव पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखरामा पोष्टमार्टमका लागि पठाइको थियो ।

सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले भने, ‘पोष्टमार्टमा प्रहरीको आशंका सत्य सावित भयो ।’ त्यसपछि उक्त घटनामा सम्बन्धमा मृतकका आफन्त, घर परिवार लगायत मृतक जान सक्ने सम्भावित ठाउँका मानिसहरू उपर सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाँदा सोही गाउँ बस्ने मृतककै छिमेकी ४८ वर्षीय फूलमाया कामी रहेको खुल्न आएको हुँदा निज कामीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रेग्मीले बताए ।

उनका अनुसार फूलमाया कामीलाई उनको घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो । उनले भने, ‘निज उपर सम्मानित लमजुङ जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई उक्त घटनाको सम्बन्धमा यस कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width