बेनीमा १० दिन लकडाउन

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
benima lockdown

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा १० दिन पूर्ण लकडाउन हुने भएको छ ।

मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको डिसिसिएमसीको बैठकले नगरपालिकाको प्रस्तावमा नगरपालिका भित्र वैशाख २२ गते राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

म्याग्दीमा कोरोना संक्रमणको दर बढेसँगै बेनी नगरपालिकाको आयोजनामा सोमबार बसेको सर्वपक्षीय बैठकले १० दिन लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई सिफारिस गरेको थियो । लकडाउनमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जनाइएको छ ।

लकडाउनमा सार्वजनिक वा निजी यात्रु तथा मालवाहक साधन मोटर साइकल समेत सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको छ । अस्पताल, औषधालय, स्वास्थ्य सामग्रीका पसल २४ सै घन्टा खुला रहनेछन् । यसैगरी, बैठकले सरकारी र सार्वजनिक कार्यालयहरु एवं बैंकहरुमा खुल्ला रहनेछन् ।

तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षा मापदण्डहरुको पूर्ण पालन गरी बिहान ७–१० सम्म मात्र सञ्चालन हुनेछन् । जमघट र भेला हुने धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ । म्याग्दीमा २०७८ वैशाख १ गते देखि यता मात्र ७३ जना सक्रिय कोरोना संक्रमित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width