जिल्ला युवा समिति तनहुँ अध्यक्ष पदस्थापन

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
yuba

दमौली । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति तनहुँ अध्यक्षको आइतबार पदस्थापन भएको छ । जिल्ला समन्वय समिति तनहुँ अध्यक्ष शान्तिरमण वाग्लेले नवनियुक्त अध्यक्ष रीता ढकाललाई पदस्थापन गराएका हुन् । उक्त कार्यक्रममा ढकालले युवा हकहित तथा सशक्तीकरणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, व्यास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अरुण पौडेल, जिल्ला समन्वय समिति तनहुँका उपाध्यक्ष पवित्रा पौडेल, भूमि समस्या तथा समाधान आयोगका अध्यक्ष दधिराज सुवेदी, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनील पाण्डे, नेपाल पत्रकार महासंघ तनहुँ शाखा उज्वल पौडेल, नेकपा एमाले तनहुँका कार्यालय सचिव राजेश्वर ढकाल, आदिबासी जनजाति महासंघ अध्यक्ष वसुन्धरा घर्तीलगायतको सहभागी थिए । निवर्तमान अध्यक्ष युवराज आलेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका सचिव तुलसीराम पाण्डेले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width