१२ वर्षीया बालिकालाई जबर्जस्ती आरोपमा पक्राउ

rss रासस
वैशाख २१, २०७८
rajkot-arrest

भरतपुर । चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी–५ घर भई हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

यही वैशाख १६ गते ११ बजेको समयमा आफ्नै घरमा छोरी नाता पर्ने अन्दाजी १२ वर्षकी बालिकालाई ती पुरुषले जबर्जस्ती करणी गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय खैरहनीमा लिखित जाहेरी दिएकी थिइन् । ती पुरुषलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले स्वीकार गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी चितवनमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० शान्तिबजारस्थित लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको सूचना पाएलगत्तै पुगेको प्रहरीले एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पूर्वी चितवनकै राप्ती नगरपालिका–८ वीरेन्द्रनगर बस्ने ३२ वर्षीय सुजन तामाङ रहेका छन् । प्रहरीलाई देखेपछि भाग्दै गरेको अवस्थामा साँझ ६ः३० बजेको समयमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागुऔषध (खैरो हेरोइन) छ ग्राम २४० मिलीग्राम बरामद गरेको छ । साथै उनको साथबाट प्रहरीले नगद रु ३२ हजारसमेत बरामद गर्न सफल भएको छ । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखी थप अनुसन्धान भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

    • हत्या र बलात्कारमा संलग्न ६ जना सार्वजनिक

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २८, २०७८
      म्याग्दी । म्याग्दी प्रहरीले हत्या तथा बलात्कारमा संलग्न ६ जनालाई मंगलबार सार्वजनिक गरेको छ । मालिका ५ देवीस्थानस्थित पुनथोकका धजेन्द्र…
    • वेपत्ता युवाको शव ओडारमा भेटियो   

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २७, २०७८
      म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अँठ्याएको अवस्थामा शव फेला परेको छ ।…
    • ७ वर्षीय बालकको हत्या गरेको आरोपमा १ महिला पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २१, २०७८
      लमजुङ । ७ वर्षीय बालकको हत्या गरेको अभियोगमा लमजुङमा प्रहरीले एक महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ दूधपोखरी गाउँपालिका–…
    • कारमा मृत भेटिएका ३ जना बालकको पहिचान खुल्यो

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १९, २०७८
      दाङ । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज…
    • ३ बच्चा मृत फेला

      rss रासस वैशाख १९, २०७८
      तुलसीपुर । दाङको तुलसीपुरमा तीन शिशु मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय…

    hero news full width

    sanil ads

    wordlink ads