प्रदेश प्रमुख नियुक्त सीता कास्कीकै पुरुञ्चौरकी

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
sita-poudel

पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त प्रमुख सीता पौडेल २०१४ सालमा कास्कीको पुरुन्चौरमा जन्मिएकी हुन् । स्थानीय भारती भवन माविमा १ कक्षा पढेपछि उनको परिवार २०२२ मा चितवन झर्‍यो । २०२७ मा ७ कक्षा पढ्दा उनी स्कुल युनियनमा छिरेपछि राजनीतिक जीवनको आरम्भ भयो । २०३४/३५ साल ताका तत्कालीन नेकपा क्रान्तिकारी महिला अध्ययन दलमा संगठित भएर २०३७ सालमा अनेम संघमा लागिन् ।

२०४३ सालमा पार्टीको तत्कालीन नेकपा मालेको जिल्ला कमिटी सदस्य तथा अनेमसंघको केन्द्रीय सदस्य बनिन् । २ कार्यकाल महासचिव (२०५५, ०६२), १ कार्यकाल उपाध्यक्ष हुँदै केन्द्रीय संयोजकमा कार्यरत छिन् । २०५५ सालमा उनी महासचिव हुँदा सदस्य रहेकी हालकी राष्ट्रपति विद्यादेवी भण्डारी २०६२ सालमा अध्यक्ष बन्दा पौडेल महासचिवमा दोहोरिन् । २०६९ को पोखरा राष्ट्रिय सम्मेलनमा उनी उपाध्यक्ष बनेकी थिईन् ।

पौडेल पार्टीको अञ्चल कमिटी सदस्य, राष्ट्रिय परिषद् सदस्य हुँदै नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य छन् । २०५६ सालको चुनावमा पराजीत भएपछि एमालेको समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनेकी थिइन् ।

लामो समयदेखि कम्युनिस्ट पार्टीमा आवद्ध उनी हाल अनेम संघको केन्द्रीय संयोजक तथा सातौं राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजक हुन्। साथै गत साउनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकार छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width