मुख्यमन्त्री गुरुङलाई ‘कम्फरटेबल’ भएनन् प्रदेश प्रमुख शेरचन !

प्रकाश ढकाल
वैशाख २१, २०७८
Amik Sherchan

पोखरा । अविश्वास प्रस्ताव दर्ता हुनु अगावै हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेका प्रदेश प्रमुख हटाउँदा लोकतन्त्र धरापमा पर्ने बताएका थिए । एमाले र माओवादी आफ्नै कित्तामा पुगेपछि प्रदेश प्रमुखबाट अमिक शेरचनलाई हटाइने धेरैको आँकलन थियो ।

आदर्श समाजको त्यही प्रश्नको जवाफमा मुख्यमन्त्री गुरुङले शेरचन लोकतन्त्रका लागि योगदान गरेको व्यक्ति भएकोले हटाउँदा दुखद घटना हुने बताएका थिए । ‘प्रदेश प्रमुख कसले हटाउने ? अहिले पार्टीले हटाउँदैन । मैले अघिल्लो पटक पनि अन्त जे सुकैहोस्, यता नहटाइदिनु भनेको हो । वहाँको भूमिका सन्तुलित थियो,’ उनले भनेका थिए, ‘अहिलेको प्रदेश प्रमुख सम्मानित हुनुहुन्छ । सरल र उदारवादी हुनुहुन्छ । उहाँलाई हटाएर लोकतन्त्र बलियो हुन्छ भने हटाउनु, तर उहाँलाई हटाएर लोकतन्त्र बलियो हुँदैन । संघीयता बलियो होला भन्ने लाग्दैन ।’

गुरुङको नजरमा शेरचन सच्चा देशभक्त हुन् । ‘कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान गर्नुभएको छ । वहाँ जत्तिको सच्चा देशभक्त कमै मात्रै पाइन्छ । हटायो भने दुखद घटना हुन्छ,’ गुरुङले १७ दिन अघि आफ्नै कार्यालयमा भनेका थिए ।

तत्कालीन समयमा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिस तुरुन्तै प्रदेशसभामा ‘फरबार्ड’ गरिदिए । अविश्वास प्रस्ताव तयारीमा रहेका विपक्षी समेत शेरचनको चलाखीप्रति जिल्लिए । उनै प्रदेश प्रमुखले विपक्षीको माग आधारमा विशेष अधिवेशन बोलाए । विशेष अधिवेशन बोलाउँदा सरकारसँग सल्लाह नगरेको स्रोत बताउँछ । मुख्यमन्त्री त्यसपछि भने शेरचनसँग रुष्ट थिए । उनले भनेका पनि थिए, ‘प्रदेश प्रमुखले सल्लाह नै नगरी अधिवेशन बोलाउनु भयो । मैले छलफलको पर्याप्त समय पाइनँ ।’

सत्तारुढ एमालेले आफूलाई सहज बनाउनकै लागि माओवादी पृष्ठभूमिका शेरचनलाई हटाएर सोमबार एमालेकी नेतृ सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ

गुरुङले त्यही बेला असजिलो महसुस गरिसकेका थिए । उनी शुक्रबार पार्टीको आन्तरिक काम देखाएर काठमाडौं गए । शनिवार फर्किए पनि कुनै प्रतिक्रिया बाहिर आएको थिएन । गुरुङ फर्केको पर्सिपल्टै प्रदेश प्रमुख फ्याँकिए ।

यसपाला देशका हरेकजसो प्रदेशले आफ्नै विशेषता अनुसार राजनीतिक पाठ सिकाए । कर्णालीमा एमाले सांसदको फ्लोर क्रसले माओवादीको सत्ता जोगियो । गण्डकीमा सत्ता जोगाउन एमालेले जनमोर्चालाई चलायो । लुम्बिनीमा एमालेकै सांसदले साथ छोड्दा मुख्यमन्त्रीले एकल बहुमत गुमाए । बाहिर बहुमत विपक्षीको नाराबाजीकै बीच नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिए । त्यसमा प्रदेश प्रमुख धर्मनाथ यादवको सहयोग बढी रह्यो । उनले मुख्यमन्त्रीको निवासमै गएर सपथ गराइदिएका थिए । यादव एमालेका नेता थिए ।

त्यस्तै ‘कम्फरटेबल’ अवस्था गण्डकी सरकारले खोजेको छ । गण्डकी प्रदेश सभामा अहिले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबिरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ । गुरुङ जसरी पनि आफूलाई सत्तामा टिकाइराख्न चाहन्छन् भने विपक्षी दलहरु गुरुङलाई हटाएर नयाँ सरकार बनाउने तरखरमा छन् । सत्तारुढ एमालेले आफूलाई सहज बनाउनकै लागि माओवादी पृष्ठभूमिका शेरचनलाई हटाएर सोमबार एमालेकी नेतृ सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ । मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । २०७६ कात्तिक १८ गते तत्कालीन प्रदेश प्रमुख बाबुराम कुँवरलाई हटाएपछि शेरचन नियुक्त भएका थिए । डेढ वर्ष व्यतित गरेका शेरचन माओवादी र एमालेको पुनर्वहालीको मारमा थिचिए । पार्टी ब्युँतिदा उनको पद भने गयो ।

विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुखले संविधानअनुसार काम गरेकाले सरकारले मन नपराएको बताए । ‘सरकारले आफू अनुकूलको मान्छे खोज्यो । प्रदेश प्रमुखले संविधान अनुकूल काम गर्नु भो,’ उनले भने, ‘सरकारको स्वार्थ नमिलेपछि हटाइदियो । संघीयताको संस्थागतका कुरा गर्नेले यस्तो व्यवहार देखाउन सक्दैन । सरकार संविधान मास्न लागिपर्‍यो ।’

यसैबीच, सरकारले सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पनि पदमुक्त गरेको छ । गण्डकीका शेरचन र सुदूरपश्चिमकी त्रिपाठी दुवै जना माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका हुन् । ओली सरकारले माओवादी केन्द्रमै आबद्ध रहेका प्रदेश २ का प्रदेश प्रमुख तीलक परियारलाई पनि पदमुक्त गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width