गण्डकीमा थपिए २ सय ३ मा संक्रमित

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम अनुसार सोमबार गण्डकी प्रदेशमा २ सय ३ नयाँ संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार ४ सय २४ छ ।

बागलुङमा एकै दिन ७१ जना संक्रमित थपिएका छन् । यस्तै कास्कीमा ४०, नवलपुरमा ३९, गोरखामा २१, स्याङ्जामा १४ जना सोमबार नै थपिएका नयाँ संक्रमित हुन् । यसैगरी पर्वतमा ५, मनाङमा ३, तनहुँ र लमजुङमा २÷२ जनामा पोजेटिभ देखिएको छ । प्रदेशमा २ हजार १ सय ८३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये २ हजार ४ जना होम आइसोलेसनमा छन् ।

नेपालभरि नै सोमबार थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ५८ पिसिआर परीक्षणमा ७ हजार ३ सय ८८ जना र ५ सय १८ एन्टिजेन परीक्षणमा ६० जना गरी ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार २१ रहेको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमध्ये ५० हजार १ सय ७२ जना होम आइसोलेसनमा र ३ हजार ८ सय ६९ जना संस्थागत आइसोलेसनमा छन् । उपचाररत संक्रमितमध्ये ५ सय ७८ जना आइसियुमा र १ सय ४२ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय २२, भक्तपुरमा २ सय २२ र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये १ हजार १ सय ८१ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये १ सय ७१ जना आइसियुमा र ५६ जना भेन्टिलेटरमा छन् । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width