गण्डकी प्रदेश प्रमुख नियुक्त सीता पाैडेल केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७८
sita-poudel

काठमाडौं । गण्डकी प्रदेश प्रमुख नियुक्त सीता पाैडेल केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार हुन् । उनलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले  साेमबारै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । सीता चितवनी हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन।

मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

राप्रपा नेपालका तर्फबाट यसअघि उपसभामुख भएका सप्तरीका गंगाप्रसाद यादव पछिल्लो समय नेकपा एमालेमा लागेका थिए।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई सरकारकाे सिफारिसमा साेमबारै पदमुक्त गराईएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीका शेरचन सँगै सुदूरपश्चिका शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।

उनीहरु दुवैजना माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका हुन् । सरकार फेरबदल र अन्य कार्यमा असहयाेग भएपछि सरकारले उनीहरूलाइ पदमुक्त गरेकाे हाे ।

Related News

सम्बन्धित समाचार

hero news full width