गण्डकी प्रदेश प्रमुखमा सीता पाैडेल नियुक्त

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७८
1530708263Bidhya-Bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

चितवनकी पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार हुन्।

राप्रपा नेपालका तर्फबाट यसअघि उपसभामुख भएका सप्तरीका गंगाप्रसाद यादव पछिल्लो समय नेकपा एमालेमा लागेका थिए।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई सरकारकाे सिफारिसमा साेमबारै पदमुक्त गराईएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीका शेरचन सँगै सुदूरपश्चिका शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।

उनीहरु दुवैजना माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका हुन् । सरकार फेरबदल र अन्य कार्यमा असहयाेग भएपछि सरकारले उनीहरूलाइ पदमुक्त गरेकाे हाे ।

Related News

सम्बन्धित समाचार

hero news full width