गण्डकीको संसद बैठक अझै अनिश्चित

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७८
parle netra subba

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद ‘हराएपछि’ स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक अझै अनिश्चित बनेको छ । विशेष अधिवेशनको बैठक सदन चलाउन सभामुख नेत्रनाथ अधिकारीले आज डाकेको बैठक निश्कर्षविहीन भएको छ ।

पछिल्ल्लो समयमा सिर्जित राजनीतिक घटनाक्रमका कारण कुर्सी जोगाउन सफल मानिएको सत्तारुढ दल एमालेका प्रतिनिधि बैठकमा सहभागी थिए । एमाले संसदीय दलका प्रमुख सचेत मायानाथ अधिकारीले बैठकमा सहभागी भएर सभामुखका कार्यशैलीप्रति असुन्तुष्टि जनाएका थिए ।

सभामुखले निश्पक्ष भएर बैठक चलाउनु पर्नेमा त्यसो नदेखिएको भन्दै उनले लामै गुनासो गरे । आइतबारको बैठकमा सहभागीहरुको गुनासो सुन्ने काम नै बढी भयो । बैठक चलाउने बारेमा भने केही टुंगो लागेको छैन ।

अब सभामुखले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतासँग बैठक गरेपछि फेरि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर अगाडि बढ्ने निधो भएको छ ।
सदन चलाउनकै लागि सभामुखले दलका नेताहरुसँग छलफल पनि गरिरहेका छन् । जनमोर्चा संसदीय दलका नेता कृष्ण थापासँग उनले आइतबार भेटेका थिए ।
जनमोर्चाकै सांसद हराएको सूचनाका आधारमा सभामुखले १५ गते बैठक स्थगित गरेका थिए । आफ्ना सांसद बिरामी भएर उपचार गराइरहेको जानकारी जनमोर्चाले सभामुखलाई औपचारिक रुपमा गराइसकेको छ ।

वैशाख २ गते कांग्रेससहित ३ दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि वैशाख १५ गते मतदान हुने कार्यसूची थियो । अविश्वास प्रस्ताव पारित गर्न ३१ मत चाहिनेमा जनमोर्चाका खीमविक्रम शाही र स्वतन्त्र सांसद अनुपस्थित थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । एमालेलाई १ स्वतन्त्र सांसदको साथ छ । धरमरमा रहेका स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) लाई मन्त्री बनाएर थप एक भोट सुरक्षित गरेका छन् ।

संसदमा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । अविश्वास प्रस्तावमा जनमोर्चाको मौखिक समर्थन र २८ सांसदको हस्ताक्षर छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width